नेयमार चम्कदा पीएसजीको सानदार जित

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को सानदार जित हात पारेको हो ।ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।

खेलको छैटौ मिनेटमा नै नेयमारको गोलबाट पीएसजीले खेलमा अग्रता लिएको थियो । केलियन एमबाप्पेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै जादा नेयमारको बली प्रहारले पोस्टको दिशा लिएको थियो ।

३२औं मिनेटमा घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । एन्थोनी मार्सियलको प्रहार रिवाउन्डमा आउदा आरोन वान बिशाखाले मिलाइदिएको पासमा मार्कुस रासफोर्डको प्रहार डियालोलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । ३४औं मिनेटमा एमबाप्पे चुके ।

४९औं मिनेटमा एन्थोनी मार्सियलले सुवर्ण अवसर खेर फाल्दा घरेलु टोली युनाइटेड अग्रता लिनबाट चुक्यो । ५७औं मिनेटमा इडिन्सन काभनीले आफ्नै पुर्व क्लबविरुद्ध गरेको प्रहार क्रसबारमा लाग्दै फर्कदा मार्किन्हसले क्लियर गर्दै बचाए ।

६९औं मिनेटमा एब्डोउ डियालोको पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई २–१ कोअहग्रता दिलाए । एन्डर हेरेरामाथि फल गरेपछि फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड खेलको ७०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलार्य ३–१ को सहज जित दिलाए । यो जितसँगै समूह ‘एच’ मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान ९ अंक भएपनि युनाइटेड गोल अन्तरमा अघि छ ।

यही समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

लाइप्जिगको जितमा युसुफ पउलसेन, नोर्डी मुकिइल, ड्यानियल ओल्मो र एलेक्सान्र सोर्लोथले गोल गरे । इस्तानबुलका इर्फान काभेसीले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन । यो नतिजा सँगै लाइप्जिगको ९ तथा इस्तानबुलको ३ अंक छ ।


प्रकाशित | १८ मंसिर २०७७, बिहीबार १२:१२