संसद विघटन ‘असंवैधानिक’ भएको भन्दै नागरिक समाज सडकमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नागरिक समाजका अगुवाहरु सडकमा आएका छन् ।
ओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरे । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।


प्रकाशित | ११ पुष २०७७, शनिबार १८:४४