कांग्रेसको खस आर्यमा ३,७६५ गन्दा कस्को कति मत ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ ३ हजार ७ सय ६५ मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा केशव बुढाथोकीले १ हजार ६ सय ६५ मतका साथ अग्रता लिनु भएको छ । त्यस्तै, दोस्रोमा गोविन्द शाहले १ हजार २ सय ४२ र तेस्रोमा मधु आचार्यले १ हजार ५ सय ५० मत ल्याउँनु भएको छ ।

यस्तो छ खस आर्य तर्फ ३,७६५ ताजा मतपरिणाम

केसव बुढाथोकी १६६५
गोबिन्द शाह १६४२
मधु आचर्य १५५०
भिम पराजुली १५४९
श्याम घिमिरे १४८६
ताराबहादुर कार्की १४४५
गेहेन्द्र गिरी १३९०
बिष्णु कार्की १३४४
हरिबोल भण्डारी १२८९
तारा कोइराला १२८९
कमल ब शाह १२२०


प्रकाशित | ८ पुष २०७८, बिहीबार १६:१५