कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरल्यो : रंगिन बनावटले मनै लोभ्याउँछ

कपिलबस्तु :  संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ । मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो ।
नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबै भन्दा राम्रो र आर्कषक मानिन्छ । कालो शरीरमा छाती र प्वाँख सेतो हुन्छ । लामो रातो खुट्टा र विशाल कालो ठोड हुन्छ । यो चरा लुम्बिनीमा देखिएपछि चराविद् र प्रकृतिप्रेमी हेर्न आएका छन् । ‘निकै कम देखिन्छन्,’ वरिष्ठ चराविद् हेमसागर बरालले भन्नुभयो, ‘रंगिन बनावटले मनै लोभ्याउँछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०७:१०