चलचित्र ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो )

काठमाण्डौ: चलचित्र ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । यस चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । चलचित्र रिलिज मिती नजिकिदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्रता दिदै चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेको र चलचित्रको यो गीतले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण टिमले गरेका छन ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २०:००