द्धन्द्धकालीन घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ : मन्त्री फुयाँल

बुद्धिमान प्राखिनको नाममा सडक र प्राविधिक शिक्षालय बनाउने घोषणा

दोलखा (जिरी ) – बागमती प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले द्धन्द्धकालीन घटनाका दोषीमाथि कडा भन्दा कडा कारवाही हुनेपर्ने बताउनुभएको छ । द्धन्द्धकालीन घटनामा राज्य पक्षबाट होस वा बिद्रोही पक्षबाट होस दोषीमाथि कडाभन्दा कडा कारवाही गरिनुपर्नेमा मन्त्री फुयाँलले जोड दिनुभएको हो ।

No description available.

बृद्धिमान स्मृति दिवसको अवसरमा दोलखा जिरी वडा नं. ९ ठूलोपातलका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट ) वितरण गर्नुहुँदै मन्त्री फुयाँलले देशमा अनाहकमा ज्यान गुमाएकाको द्धन्द्धको घाउहरु अझै आलै रहेको बताउनुभयो । मन्त्री फुयाँलले भन्नुभयो, ‘त्यो पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ, त्यो निकै दर्दनाक र पीडादायी छ ।’

No description available.

द्धन्द्धकालीन समयमा भएका अन्याय सरकार वा विद्रोही पक्ष जोबाट भए पनि मानवताविरुद्ध भएको बताउँदै त्यस्ता घटनाका पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । ‘चाहे सरकार होस वा बिद्रोह हुनु, दोषीले सजाय पाउनुपर्छ, मानवताविरुद्धको काम गर्ने कसैलाई उन्मुक्ती दिनु हुँदैन’, मन्त्री फुयाँलले भन्नुभयो ।

No description available.

मन्त्री फुयाँलले प्रदेश सरकारले १६ जिल्लालाई प्रविधियुक्त स्थानीय तह बनाउन लागेको, १० जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानीलगायतका दिर्घकालीन योजना अनुसार काम शूरु गरेको पनि जानकारी गराउनुभयो । उहाँले विद्युतीय बस सञ्चालनको लागि कानुन निर्माण गरिएको पनि उल्लेख गर्नुभयो ।

No description available.

त्यस्तै, सहिद बृद्धिमान प्राखिनको नाममा सडक र प्राविधिक शिक्षालय बनाउने घोषणा गर्नुहुँदै मन्त्री फुयाँलले त्यसको लागि जिरी नगरपालिकालाई आवश्यक कार्यमा लाग्न निर्देशन पनि दिनुभयो ।

No description available.

कार्यक्रममा सांसद शान्तिमाया प्राखिनले देश र जनताको सेवा गरिरहेका इमानदार मान्छेलाई अनाहकमा हत्या गर्नेमाथि कडा भन्दा कडा कारवाही गरिनुपर्ने बताउनुभयो । द्धन्द्धकालका घटनाको घाउ अझै आलै रहेको बताउँदै सांसद प्राखिनले दोषीलाई कुनै पनि हालतमा कानूनी कठहरामा ल्याउन राज्य लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिरी नगरपालिका प्रमुख टंक जिरेलले सहित बृद्धिमान प्राखिनजस्तै निद्रोष नागरिकमाथि भएका घटनाको छानबीन गरि कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दोलखा काठमाडौं सम्पर्क मञ्च क्षेत्र नं.१ का क्षेत्रीय अध्यक्ष सुरेश पाख्रिन र सहिद बृद्धिमान प्राखिनका दाई जयबहादुर प्राखिनलगायतको सहभागिता थियो ।

सो अवसरमा ज्येष्ठ नागरिक, अपांग, दलीत र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बृद्धिमान स्मृति दिवसको अवसरमा दोलखा जिरी वडा नं. ९ ठूलोपातलका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट ) सहयोग गरिएको हो । बागमती प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री फुयाँलले करिव ४ सय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभयो ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार २२:०५