काठमाडौं: अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०७६र७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिए ।
चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड सीआरसीसीसँग यसअघि नै सम्झौता गरिसकेका छन् । काठमाडौँमा मोनोरेल सञ्चालनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगरपालिकालाई बुझाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रकाशित | ६ श्रावण २०७६, सोमबार ०८:४६