नेपालमा थप १०९ जनामा कोरोना संक्रमण, थप एकको निधन

काठमाडौं : नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ। हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ।

बिहीबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म १३ हजार ५३ जना उपचारपछि निको भएका छन्। कुल संक्रमितमध्ये निको हुने दर ७०.६ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

थप एकको निधन

त्यस्तै, कोरोना संक्रमणले थप एक जनाको निधन भएको छ । प्रवक्ता गौतमका अनुसार बाराको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भएको हो । निज युवतीमा स्वाशप्रश्वसमा समस्या रहेको तथा पातलो दिसा लाग्ने, शरिर काम्ने लक्षणा देखिएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।


प्रकाशित | १० श्रावण २०७७, शनिबार १६:५४