कप्तान विराट कोहलीको नेतृत्वमा विश्वकप खेल्ने भारतीय क्रिकेट टोली घोषणा

काठमाडौं: कप्तान विराट कोहलीको नेतृत्वमा आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । सोमबार भारतीय क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ ।

मे ३० देखि इङ्ग्ल्यान्ड र वाल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको छ । भारतीय टोलीमा कप्तान कोहलीसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी र केदार ज्यादव छन् । यस्तै, दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह छन् भने, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद शामी पनि टोलीमा रहेका छन् ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १७:२०