‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउनेहरु आतंककारी भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न राख्दै भन्नुभयो, ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’

उहाँले थप्दै भन्नुभयो, ‘अब के चाहियो ?’ सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष हो । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १८:५०