एनआरएनएमा भएको सहमतिलाई तोडमोड नगरी कार्यान्वयनमा लाग्न सापकोटाको माग

काठमाडौ – गैर आवासीय नेपाली संघका आइसिसी सदस्य तथा यूरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार चिन्तामणी सापकोटाले केहि दिन अघि भएको सहमतिलाई तोडमोड नगरी कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको छ । लामो समयपछि भएको सहमति तोडमोड गर्न नहुनेमा जोड गर्दै सापकोटाले सहमति कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको हो ।

सापकोटाले सामाजीक सञ्जालमार्फत भन्नु भएको छ, ‘संघको बैठक बसेर निर्णयको माइन्यूट सम्म सर्कुलर नगरी मिडियामा आफ्ना तर्क कुतर्क गर्दै हिंड्ने पदाधिकारी नै अधिबेशनका बाधक हुन ।’

‘महासचिवले निर्णयलाई कार्यान्वयन गर्न लाग्ने हो वक्तब्यबाजी गर्दै हिंड्ने होइन, पवृत्ति नसच्चिए हामी पनि लेख्न र बोल्न बाध्य हुनेछौ। निर्णयलाई तोडमोड नगरी कार्यान्वयनमा लागौ’, उहाँले थप्दै भन्नु भएको छ ।


प्रकाशित | ४ माघ २०७८, मंगलवार ११:०६