बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन: बाँडे एक/एक अंक

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको छ । ब्रिस्टोलमा मंगलबार वर्षा बाधक बनेपछि बंगलादेश र श्रीलंकाबीचको खेल स्थगित भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई स्थगित भएको हो ।

खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । अंक बाँडेपछि बंगलादेशले ४ खेलबाट ३ अंक जोडेको छ । श्रीलंकाले ४ खेलबाट ४ अंक जोडेको छ । जारी विश्वकपमा यो तीन खेल वर्षाले रोकिएको हो ।

आगो निभाउने क्रममा बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको हो । ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनको कीर्तिपुर मोडल अस्पतालमा उपचार भइरहेको छ । पसल टेकनारायण र हिरानायण श्रेष्ठले सञ्चालन गरेका थिए । आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार २०:३४