ट्रान्सपरेन्सीको प्रतिवदेन सरकारद्धारा अस्वीकार, राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निस्कर्ष

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ

ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालको भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा पुर्‍याउँदै आएको योगदानप्रति नेपाल सरकार सम्मान गर्दछ । भ्रष्टाचार अन्त्य गर्ने नेपाल सरकारको अभियानमा ट्रान्सपरेन्सी इन्टरनेश्नलका प्रतिवेदनले सहयोग पुर्‍याओस् भन्ने चाहन्छ ।

तर, उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवदेन पूणर्त राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । प्रमाणित नभएका आधारहीन तथ्यतथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित छ । सरकार र सत्ताधारी दललाई वदनाम गर्न खोज्ने प्रयासस्वरुप आएको सो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।

ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल र तिनमा आवद्ध व्यक्तिहरुको दलीय आवद्धता, तिनका स्वच्छता, निश्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्न । झण्डै ३ करोड नेपाली जनतामध्ये साघुँरो घेरामा सीमित रही १ हजार व्यक्तिहरुसँग टेलिफोनबाट मनोगत धारणाका आधारमा तयार गरिएको प्रतिवेदनको तथ्यतथ्याङ्क, त्यसको नमूना छनौट, समय र प्रतिवेदन तयार गर्दा लिइएको सन्दर्भ सामाग्रीले देशको छविलाई धमिल्याउने गरी प्रचार भैरहेको र तिनको खोज, अनुसन्धान, निश्कर्षहरु नियोजित आग्रहपूर्वाग्रहमा आधारित भएकाले उक्त प्रतिवेदनमा समेटिएका विषयवस्तुप्रति नेपाल सरकार असहमती राख्दछ ।

ट्रान्सपरेन्सी इन्टरनेश्नलबाटै प्रकाशित प्रतिवेदनमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट पटकपटकको औपचारिक तथा अनौपचारिक कार्यक्रममा गरेको भ्रष्टाचारविरोधी प्रतिवद्धता र अभिव्यक्तिसमेत उल्लेख छ । नेपाल सरकारको नीति तथा कार्यक्रमले डिजिटल फ्रेमवर्क नीति कार्यन्वयनमा ल्याइएको छ । यसको कार्यान्वयनबाट भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवाप्रवाह पारदर्शी र जवाफदेही हुने विश्वास छ ।

सो प्रतिवेदनमा सहभागी ८४ प्रतिशत उत्तरदाताले विकासको काममा भ्रष्टाचार वाधक रहेको देखाउनुले पनि नेपाली जनता भ्रष्टाचारको सन्दर्भमा सचेत र जानकार रहेको तथा ६२ प्रतिशत उत्तरदाताले सरकारको भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको प्रभावकारिता र अभियानमा राम्रो कदम लिएको भन्ने उल्लेख छ । यो कुराले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार दृढ रहेको र सरकारका निकायले प्रभावकारी रुपमा कार्य गरिरहेको पुष्टि हुन्छ । भ्रष्टाचार नियन्त्रण र अन्त्यका लागि सरकारले विभिन्न ऐन, नियम र कानूनलाई संशोधन गर्न प्रस्ताव तयार गरेको छ । भ्रष्टाचारमा संलग्न भएकाहरुलाई कार्वाही गरेको, दण्ड जरिवाना गरेको र मुद्दा चलाएको उल्लेखनीय र प्रशंसनीय उदाहरणहरु छन् ।

ट्रान्सपरेन्सी इन्टरनेश्नलकै करप्सन परसेप्सन इन्डेक्सको सन् २०१८ को प्रतिवेदनमा नेपाल १२४ औं स्थानमा थियो । तर, एकबर्षको अवधि नपुग्दै सन् २०१९ को प्रतिवेदनमा नेपाललाई ११ स्थान माथि उकाल्दै ११३ औं स्थानमा देखाएको छ । यो तथ्यले पनि ट्रान्सपरेन्सी इन्टरनेश्नलको हालै सार्वजनिक प्रतिवेदन आफैमा सरकारप्रति पूर्वाग्रही देखाउँछ ।

ट्रान्सपरेन्सी इन्टरनेश्नलका साथै विश्व सूचकांकले पनि नेपालका विविध क्षेत्रमा सुधार हुँदै गएको देखाएको छ । ध्यचमि व्गकतष्अभ एचयवभअत को सर्भेक्षणले नेपाल च्गभि इा ीबध क्ष्लमभह द्दण्द्दण् मा दक्षिण एशियामा सुशासनको पक्षमा पहिलो स्थानमा रहेको देखाएको छ । यसैगरी व्यापार व्यवसाय र लगानीवारे प्रकाशित प्रतिवेदनले सन् २०१८ मा ११० औं स्थानमा रहेकोमा नेपाल सन् २०१९ मा ९४ औं स्थानमा उक्लिएको र यसले नेपालमा व्यापार व्यवसाय र लगानीमैत्री वातावरण अनुकूल बन्दै गएको देखाउँछ ।

यस्तै विश्व आर्थिक मञ्चले १५३ मुलुकमा गरेको अध्ययनले विश्व लैङ्गिक समानताको अवस्थामा सुधार हुँदै गएको देखाएको छ । सन् २०१९ मा १०५ औं स्थानमा रहेको नेपाल ४ स्थान माथि उक्लदै सन् २०२० मा १०१ औं स्थानमा र दक्षिण एशियामा दोस्रो स्थानमा छ । यसैगरी मानव विकास सूचकांकमा समेत नेपाल १४९ औं स्थानबाट २ स्थान माथि उक्लदै १४७ औं स्थानमा पुगेको छ ।
नेपालमा स्थायी सरकार बनेपश्चात प्रकाशित प्रतिवेदन तथा विश्व सूचकांकले नेपालको अवस्थालाई सुढृद र आशावादी हुँदै गएको देखाएको छ । तर, सरकारको विरुद्धमा मिसनका आधारमा तयार गरिएका प्रतिवेदन, प्रचारसामाग्री र विषयवस्तुले समाजमा निरासा र भ्रम छर्ने प्रयास कुन उद्देश्यले भैरहेको छ भन्नेमा सरकार सचेत छ ।

स्थिरता, विकास र समृद्धिका लागि वर्तमान सरकार दृढतापूर्वक लागिरहेको बेला पछिल्लो समय मुलुकको संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनको विरुद्ध जनतालाई भड्काउने प्रयास भैरहेको छ । प्रतिकृयावादी र पुर्नरुत्थानवादीहरुको यस्ताखालका भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गर्दै नेपाल सरकार “समृद्ध नेपाल ः सुखी नेपाली” को राष्ट्रिय संकल्प पूरा गर्ने दिशामा लाग्न सबैमा हार्दिक अपिल गर्दछ ।


प्रकाशित | १४ मंसिर २०७७, आईतवार १९:३१