पर्वत । नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले सूर्य चुनाव चिह्न दाबी गर्ने प्रचण्डलाई नैतिक आधार नभएको बताउनुभएको छ । नेता बस्नेतले सूर्य चिह्न आफूहरूले पाउने बताउँदै भन्नुभयो, ‘सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’ राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्वतले कुश्मामा आयोजना गरेको बृहत युवा भेलालाई सम्बोधन गर्नुहुँदै नेता बस्नेतले सो कुरा बताउनुभएको हो ।

बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिनुभयो । सङ्घका इञ्चार्जसमेत रहनुभएका बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताउनुभयो ।

“पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो”, उहाँले भन्नुभयो । “वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।”

प्रकाशित | २२ पुष २०७७, बुधबार २१:४०