नेपालमा १ हजार ७०३ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ।

आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।


प्रकाशित | १२ मंसिर २०७७, शुक्रबार १६:२८