कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान सुरु

जनकपुरधाम -नेपाली कांग्रेस प्रदेश २ को मतदान शूरु भएको छ । नयाँ कमिटीको नेतृत्व चयनका लागि भएको मतदान सुरु भएको हो । विहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि आवश्यक प्रक्रिया पूरा गरी १० बजेदेखि मतदान सुरु गरिएको हो ।

सभापतिका उम्मेदवारद्वय कृष्णाप्रसाद यादव र रामसरोज यादवले मतदान गरेपछि अन्य प्रतिनिधिले मतदान गर्न थालेका छन् ।

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । .


प्रकाशित | ८ पुष २०७८, बिहीबार १०:४२