कोरोना नियन्त्रणको लागि पहिलो कदम चाल्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

न्यूयोर्क – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु भएको बताएका छन् । सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा ​​काम गर्ने बताए । यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति भरोसा देखाईएकोमा म धेरै खुसी छु। म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ। जसले रातो र निलो रंगका राज्यहरु होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । म तपाईंहरू सबैको विश्वास जित्नको लागि हृदयबाटै प्रयास गर्नेछु।’

बाइडेनले विशेष गरी अफ्रिकी अमेरिकी मतदाताहरूलाई धन्यवाद दिए । जसको मद्दतले सुरुवाती प्रतिस्पर्धामा पछाडि रहेका उनलाई सहयोग मिल्यो ।

यो विजय अमेरिकी जनाताको भएको र आफूले अहिलेसम्म कसैले प्राप्त नगरेको झण्डै साढे ७ करोड भोट प्राप्त गरेको बाइडेनले बताए ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार ११:२१