नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३२३ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा ८२ हजार २७३, ललितपुरमा १२ हजार ११३ र भक्तपुरमा ७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा ३१६, भक्तपुरमा ८४ र ललितपुरमा ९० जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ।


प्रकाशित | ६ मंसिर २०७७, शनिबार १७:४१