कोपा अमेरिका फुटबलः यस्तो छ, नेपाली समयअनुसार खेल तालिका

काठमाडौंः भोलीबाट सुरु हुने ४६ औं संस्करणको दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका नेपाली समयअनुसार शनिबार बिहानबाट ब्राजिलमा सुरु हुँदैछ ।

जेठ ३२ गतेदेखि असार २३ गतेसम्म हुने प्रतियोगितामा विभिन्न १२ देशका टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा ब्राजिल, बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् । त्यस्तै समूह ‘बी’ मा अर्जेन्टिना, कोलम्बिया, पराग्वे र आमन्त्रित टिम कतार रहेका छन् । समूह ‘सी’ मा साविकको विजेता चिली, उरुग्वे, इक्वेडर र आमन्त्रित टिम जापान रहेका छन् ।

समूह चरणअन्तर्गत पहिलो चरणका खेलअन्तर्गत:

ब्राजिल भर्सेस बोलिभिया (उद्घाटन खेल) – जुन १५, शनिबार – बिहान ६ः१५ बजे
भेनेज्वेला भर्सेस पेरु – जुन १६, आइतबार – बिहानको राति १२ः४५ बजे
अर्जेन्टिना भर्सेस कोलम्बिया – जुन १६, आइतबार – बिहान ३ः४५ बजे
पराग्वे भर्सेस कतार – जुन १७, सोमबार – बिहानको राति १२ः४५ बजे
उरुग्वे भर्सेस इक्वेडर – जुन १७, सोमबार – बिहान ३ः४५ बजे
जापान भर्सेस चिली – जुन १८, मंगबालर – बिहान ४ः४५ बजे

दोस्रो चरणका खेलहरू:

बोलिभिया भर्सेस पेरु – जुन १९, बुधबार – बिहान ३ः१५ बजे
ब्राजिल भर्सेस भेनेज्वेला – जुन १९, बुधबार – बिहान ६ः१५ बजे
कोलम्बिया भर्सेस कतार – जुन २०, बिहीबार – बिहान ३ः१५ बजे
अर्जेन्टना भर्सेस पराग्वे – जुन २०, बिहीबार – बिहान ६ः१५ बजे
उरुग्वे भर्सेस जापान – जुन २१, शुक्रबार – बिहान ४ः४५ बजे
इक्वेडर भर्सेस चिली – जुन २२, शनिबार – बिहान ४ः४५ बजे

तेस्रो चरणका खेलहरू:

बोलिभिया भर्सेस भेनेज्वेला – जुन २३, आइतबार – बिहान राति १२ः४५ बजे
पेरु भर्सेस ब्राजिल – जुन २३, आइतबार – बिहान राति १२ः४५ बजे
कतार भर्सेस अर्जेन्टिना – जुन २४, सोमबार – बिहानको राति १२ः४५ बजे
कोलम्बिया भर्सेस पराग्वे – जुन २४, सोमबार – बिहानको राति १२ः४५ बजे
चिली भर्सेस उरुग्वे – जुन २५, मंगलबार – बिहान ४ः४५ बजे
इक्वेडर भर्सेस जापान – जुन २५, मंगलबार – बिहान ४ः४५ बजे

क्वाटरफाइनल:

असार १३, शुक्रबार – बिहान ६:१५ बजे – समूह ए विजेता विरुद्ध तेस्रो स्थान (बी/सी)
असार १४, शनिबार – मध्यरात १२:४५ बजे – समूह ए उपविजेता विरुद्ध समूह बी उपविजेता
असार १४, शनिबार – बिहान ४:४५ बजे – समुह बी विजेता विरुद्ध समुह सी उपविजेता
असार १५, आइतबार – मध्यरात १२:४५ बजे – समूह सी विजेता विरुद्ध तेस्रो स्थान (ए/बी)

सेमिफाइनल: 

असार १८, बुधबार – बिहान ६:१५ बजे – विजेता पहिलो क्वाटरफाइनल विरुद्ध विजेता तेस्रो क्वाटरफाइनल
असार १९, बिहिबार – बिहान ६:१५ बजे – विजेता दोस्रो क्वाटरफाइनल विरुद्ध विजेता चौथो क्वाटरफाइनल

तेस्रो स्थान:

असार २२, आइतबार – मध्यरात १२:४५ बजे – सेमिफाइनलमा पराजित टोली

फाइनल:

असार २३, सोमबार – बिहान १:४५ बजे – सेमिफाइनलमा विजयी टोली

 

 

 

 

 

 

 

 


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार ०७:४१