सबैको रोजाईमा एनआरएनए सचिव उम्मेदवार गौरी जोशी

काठमाडौं :  गैर आवसीय नेपाली संघ (एनआरएनए ) को आइसिसी सचिव उम्मेदवार गौरी राज जोशीको सबैको रोजाईमा पर्नुभएको छ । नेकपा र कांग्रेसबाट समेत साझा उम्मेदवार रहनु भएको जोशी सबैको साझा उम्मेदवार बन्दै सबैको रोजाईमा पर्न सफल हुनुभएको हो ।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक रहनु भएको जोशीलाई सबै पार्टीदेखि विश्वभरीका एनआरएनले साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका छन् । अहिलेसम्म सचिवमा उम्मेदवार रहेका मध्य सबैभन्दा अगाडि रहनु भएको जोशीलाई यूरोप र मध्य पूर्वबाट समेत राम्रो समर्थन रहेको पाइएको छ ।

जोशी एक सरल र सालीन उम्मेदवार रहनुहुन्छ । एनआरएन अभियानमा लामो समयदेखि लाग्दै आउनुभएको जोशी एनआरएनको लागि हरेक विपत्तमा सहयोगी बन्दै आउनुभएको छ । जोशीले केहि समय अघि मात्र एनआरएनलाई १ करोड सहयोग उपलब्ध गराउनुभएको थियो । जोशीले अमेरिकाज् क्षेत्रीय संयोजकको भूमिकामा रहँदा उत्कृष्ठ कार्य गर्न सफल भएको र कार्यकाल निकै सुखद रहेको थियो ।

जोशीले आफनो क्षमता, कार्यदक्षता तथा अनुभवलाई आगामी दिनमा ग्लोबलभरि पुर्याउने योजनाका साथ सचिवमा उम्मेदवारी दिन लागेको समेत बताउनुभयो । जोशीले उम्मेदवारी घोषणा गर्दै आफनो प्रमुख एजेन्डा एनआरएनएको भिजन २०२० एन्ड वियोण्डको कार्यान्वयन हुने बताउनुभयो । यसअघि तत्कालीत अध्यक्ष शेष घलेको पालामा पारित भएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लग्नु नै अबको मुख्य एजेन्डा रहेको जोशीले बताउनुभयो ।

एनआरएनएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डमा गैर आवासीय नेपालीका हक हितदेखि सबै विषयवस्तुलाई समेटीएको बताउनुभयो । मध्य पूर्व मलेसिया लगायतमा कार्यरत नेपाली श्रमीक वर्गको लागि कल्याणकारी कोष खडा गर्ने देखि विदेशमा रहेर नेपालीले सिकेको ज्ञान र सिपलाई स्वदेशमा हस्तान्तरण र लगानीलगायतका विषयवस्तुलाई आगामी दिनमा कार्यान्वयनमा लग्ने जोशीले बताउनुभयो ।


प्रकाशित | २८ आश्विन २०७६, मंगलवार ०१:३८