एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तद्धारा संघलाई १ करोड सहयोग उपलब्ध

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले संघलाई १ करोड सहयोग उपलब्ध गराउनुभएको छ । संघको कार्यालय सञ्चालनदेखि नियमीत कार्य सञ्चालन गर्न समस्या भएपछि संस्थाले एनआरएनए अग्रजहरुसँग आर्थिक सहयोगको लागि आह्रवान गरेको थियो ।

विशेष गरि सस्था सञ्चालनमा समस्या आएपछि पन्तले संस्थालाई नियमीत सञ्चालन गर्न तथा भइरहेका कार्यलाई अगाडि बढाउन १ करोड सहयोग उपलब्ध गराउनुभएको हो । अध्यक्ष भवन भट्टले संस्थालाई संकटको बेला उपाध्यक्ष पन्तको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको छ ।


प्रकाशित | २५ भाद्र २०७६, बुधबार १६:०१