देशभर चिसो बढ्यो

काठमाण्डौ – केहि दिनयता देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको हो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

अघिल्लो वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार ०९:१८