बाँकेमा चट्यांङले आगलागी हुँदा ३९ घर जलेर नष्ट

बाँके:  बाँकेको डुडुवा गाउँपालिकामा चट्याङ पर्दा ३९ घर जलेका छन् । बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासीसमेत जलेर घाइते भएका छन् । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो ।

आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको जनाइएको छ ।  यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी गराउनुभयो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार २०:०८