एनआरएनए जापानद्धारा विभिन्न संघसंस्थासँग संयुक्त बैठक आयोजना

टोकियो : गैर आवासिय नेपाली संघ (एनआरएनए ) जापानले जापानमा संस्थागत रुपमा क्रियाशील विभिन्न संघ संस्थालाई डाकेर संयुक्त बैटक आयोजना गरेको छ । एनआरएनए जापानले जापान स्थित समाजसेवी सस्थाका अध्यक्ष र महासचिव सहित लाई आमन्त्रण गरि संयुक्त बैठक आयोजना गरेको हो । एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षमा सम्पन्न बैठकमा विभिन्न संघसस्थाो सहभागिता रहेको थियो ।

बैठकमा संघ संस्थाको तर्फ बाट क्रमश धादिङ समाजका अध्यक्ष कृष्ण खनाल र महासचिव बिमल श्रेष्ठ ,स्याङजा समाजका अध्यक्ष सागर मणी भण्डारी, गुल्मी समाजका अध्यक्ष सालिक राम भण्डारी,अर्घाखॉची समाज का अध्यक्ष नेत्र बिष्ठ,रुपन्देही समाजका अध्यक्ष ईन्द्र बहादुर केसी,गोर्खा समाजका संरक्षक भरत वस्ती,तमुधी जापानका सचिव सुमन गुरुङ,अन्तराष्ट्रिय समाजका महासचिव प्रकास केसी, चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठ, एनबियका अध्यक्ष बिजय थकाली, पर्वत समाजका अध्यक्ष सुजन जोशी, गोर्खा समाजका अध्यक्ष चुडामणी भट्टराई, तमुधी जापानका संरक्षक श्री गुरुङ, मोना जापानका प्रवक्ता ईन्दिरा गर्वुजा, पर्वत समाजका महासचिव जनक सुवेदी, जनसम्पर्क समीति जापानका प्रवक्ता सुरेश गिरी , वीफर अल,नेपाल जापान युथ क्लव,थकाली सेवा समिति को उपस्थिति रहेको एनआरएा जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी गराउनुभयो ।

महासचिव घिमिरेका अनुसार बैठकले हालको सदस्य आवेदन गर्ने एमआइएस सिस्टमको केहि असजिलो भएकोले सहज गर्ने सुझाव दिदै सदस्यता सहजताको लागि घुम्ति टोली परिचालन गर्ने निर्णय गरिएको छ । त्यस्तै, अहिलेको जुन ४ तारिक सम्मको आवेदन गर्ने समय कम भएकोले समय थप गर्ने समेत सुझाव लिदै रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाईसेन्सबाट पनि आवेदन गर्न सकिने ब्यवस्था गर्न सुझाव दिएको छ। साथै प्रत्येक ब्यक्ति बाट आआफ्नो नाममा बैक रसिद राख्ने ब्यवस्था लाई सहज गर्दै ५ र ६ जनाको एकमुष्ठ रकम दाखिला गरी रसिद राख्न् सुझाव दिएको छ ।

त्यस्तैगरि सदस्यता लिन सबै संघ सस्थाले आआफ्नो संस्थामा सहित जापानवासी नेपालीहरुलाई अपिल गर्न समेत अनुरोध गरिएको छ । सो अवसरमा  एनआरएनए जापानले संघ संस्थाका अध्यक्षहरुलाई “मानार्थ परिषद सदस्य”को रुपमा सम्मान दिईसकेको छ!


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १९:५९