सूर्यविनायकमा आगामी असार १५-१७ गते घरेलु, कृषि तथा पर्यटन मेला हुने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी असार १५ देखि १७ गतेसम्म घरेलु, कृषि तथा पर्यटन मेला आयोजना गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्रीधर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुँदै मेला बारेमा जानकारी गराउनु भएको हो ।

‘दिगो विकास, ब्यवस्थित शहर, स्वच्छ, समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ मेला नगरपालिकाको वडा नंं ८ आदर्श स्थित सूर्यविनायक हरित, कृषि थोक बजारमा हुने केसीले जानकारी गराउनुभयो ।

मेलालाई ब्यवस्थित, भब्य र सब्य रुपमा सफल बनाउन सबैमा आह्वान गरेको छ ।


प्रकाशित | ३२ जेष्ठ २०८०, बिहीबार १८:४६