काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ८ सय १७ नयाँ संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।
पछिल्लो २४ घन्टामा २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन ।
आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना छन् भने क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन्।
पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १०८ पुगेको छ।
प्रकाशित | २३ कार्तिक २०७७, आईतवार १६:४०