‘ए मेरो हजुर ३’को नयाँ गीत रिलिज (भिडियो )

काठमाडौँ : अभिनेत्री झरना थापाले निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा रिलिजको ५१ औं दिनको पूर्वसन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ ।

सुरज लामाको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । सञ्जय लामाले छायाँकन गरेको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘ए मेरो हजुर’को दोस्रो सिरिज ‘ए मेरो हजुर २’ले नेपाली बक्सअफिसमा साढे ६ करोड माथीको ग्रस कलेक्सन गरेको थियो ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ११:२८