उपत्यकामा १ हजार ८७८ सहित ३ हजार ३०९ कोरोना संक्रमित थपिए, ३० को मृत्यु

काठमाडौं – नेपालमा गत २४ घण्टामा ३ हजार ३०९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ८७८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।

त्यस्तैगरि, पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १६:३७