एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा लाल केसी सर्वसम्मत चयन

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डको अध्यक्षमा लालबहादुर केसी निर्विरोध निर्वाचीत हुुनु भएको छ । यसअघि सन् २०१९-०२१ कार्यकालमा समेत अध्यक्ष रहनु भएको केसी आगामी कार्यकाल २०२३-०२५ मा पुन: चयन हुनु भएको हो ।

केसी २००५ देखी एनआरएन अभियानमा सक्रियतापूर्वक लागिरहनु भएको छ । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएपछि केसीले नेपालको लागी भरपर्दो सारथीबनी, आर्थिक,सामाजिक रूपान्तरण, मातृभूमिप्रति सामुहिक कर्तब्य तथा विदेशमा बस्ने नेपाली नेपालीहरुको बीचमा सारथीको रूपमा रहने गरी यो सस्थालाई गतीशिल बनाउन प्रयास गर्ने बताउनुभयो ।

‘यो अभियानको बीचमा मैले यो संस्थालाई औधी गाली गर्ने र औधी माया गर्नेहरु भेटेको छु । हो कमीकमजोरी छन भने विरोध गरौ सजक गराऊ। आखीर नितान्त सेवाभावले बनेको यस संस्थामा सबैलाई कामगर्ने अनुकूलता नहुन सक्छ, अनुकूलता नहुनेले मेम्बर बनी यो अभियानलाई साथ दीऊ त्यो पनी गारो भए सकारात्मक सोचका साथ साथदीनुहोला। यो अभियानले उठाएका साझा मुद्धाहरु नै तपाई हाम्रो हुँ’, उहाँले भन्नु भएको छ ।


प्रकाशित | १४ श्रावण २०८०, आईतवार ०८:०९