प्रधानमन्त्रीका सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई जना सल्लाहकार र एक जना स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो । रिमाल र थापाले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्नुभएको छ ।

रिमाल र थापाले आफूहरुको सम्पर्कमा आएकालाई पनि कोरोनाको पीसीआर टेष्ट गराउन आग्रह गर्नुभएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।


प्रकाशित | १७ आश्विन २०७७, शनिबार १७:०५