आजको मौसम : प्रदेश १, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौँ । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा पनि परेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

यी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि यी तीनै प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रकाशित | १९ चैत्र २०७८, शनिबार ०९:४२