लकडाउन वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाडौं : सरकारले लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप एक साता थप्ने निर्णय गरेको हो । दुई हप्तादेखि जारी लडकडाउन थप एक साता लम्बिएको हो ।

सरकारले चैत ११ देखि एक साता देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । फेरि चैत १७ गते सरकारले लडकडाउनलाई लम्ब्याएर चैत २५ गते सम्म पुर्‍याउने निर्णय गरेको थियो ।

सरकारले एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि लडकडाउनलाई थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ ।


प्रकाशित | २४ चैत्र २०७६, सोमबार १७:१७