हावाहुरी प्रभावीतलाई एनआरएन न्युजिल्याण्डको आपतकालीन राहत सामाग्री वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघले हावाहुरी प्रभावीतलाई राहत वितरण जारी राखेको छ । बारा र पर्साका हावाहुरी प्रभावीतलाई विभिन्न एनसिसीबाट सहयोग संकलन जुटाउन कार्य जारी छ ।

त्यस्तै, हावाहुरी प्रभावीतलाई गैर आवासीय नेपालि संघ न्युजिल्याण्डले आपतकालीन राहत सामाग्री वितरण गरेको छ । एनआरएनए न्युजिल्याण्डले बाराको फेटा गाउँपालिका स्थित भलवरियामा राहत सामाग्री वितरण गरेको हो । संघका अध्यक्ष कमल वाईबाको नेतृत्वमा प्रवक्ता बिष्णुहरि रेग्मी सहित आफैं आँधिबेहरी प्रभावित क्षेत्रमा गई राहत सामाग्री वितरण गरिएको हो ।

संघले स्थानीय १५० घर धुरीलाई राहत सामाग्री वितरण गरेको जनाएको छ । पीडित परिवारलाई प्रति परिवार चामल १ बोरा (३० केजी), दाल १ प्याकेट ( ९५ केजी , तेल १ प्याकेट (१ लीटर ), नुन १ प्याकेट (१ केजी ), झूल १ थान (१५० परिवार), ईमर्जेन्सी लाईट – १ थान (१५०परिवार), सामाग्री वितरण गरिएको हो ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १०:३२