ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय

ललितपुर । ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड रोक्न उक्त निर्णय गरिएको जनाइएको छ ।

संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।


प्रकाशित | १ कार्तिक २०७७, शनिबार ०७:४७