लिभरपुरमाथि आर्सनलको जित

एजेन्सी : प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो । कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पुरा हुन दिएन ।

साडियो मानेले २० औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाएका थिए । तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएकाे थियो ।

लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हाे ।
लिभरपुलका भर्जिल भान डीजिकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२ औं मिनेटमा बराबरी गोल फर्काए ।

गोलकिपर एलिसनको कमजोर प्रर्दशनकाे फाइदा उठाउँदै निल्सनले ४४ औं मिनेटमा आर्सनललाई २–१ ले अघि बढाएका थिए । दोस्रो हाफमा लिभरपुलले आक्रमणलाई गति दिएपनि आर्सनलले राम्रो डिफेन्सको नमुना प्रर्दशन गरेको थियो ।

शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पुरा गर्ने लक्ष्य राखेको थियो । अब लिगमा दुई खेल बाँकी रहदाँ लिभरपुलको सो लक्ष्य पुरा हुन सक्दैन । आर्सनल ५३ अंक सहित नवौं स्थानमा छ ।


प्रकाशित | १ श्रावण २०७७, बिहीबार ०७:४७