घरेलु मैदानमा रोमा पराजित

एजेन्सी : इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रोमा घरेलु मैदानमा टोरिनोसँग २-० गोल अन्तरले पराजित भएको हो ।

टोरिनोलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे । खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए । घरेलु मैदानमा पराजित भएसँगै रोमाले शीर्ष तीनको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । चौंथो स्थानको रोमाको ३५ अंक रहेको छ ।
नवौं स्थानको टोरिनोको २४ अंक रहेको छ ।


प्रकाशित | २१ पुष २०७६, सोमबार १२:११