विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

भरतपुर : विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ परेका छन् । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट चितवन प्रहरीले सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् । उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार ०९:५३