नेपालमा ४ हजार ३९२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १६ हजार ५३१ जनाको पिसिआर परिक्षणमा ४ हजार ३९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | ३० आश्विन २०७७, शुक्रबार १६:३०