कालिञ्चोक छपक्क, पर्यटक बढे

चरीकोट : दोलखाको प्रसिद्ध कालिञ्चोकमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको कालिञ्चोकमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ ।

कहिल्यै हिमाली क्षेत्र नदेखेका तराईवासी कालिञ्चोक क्षेत्र पुगेर हिउँमा रमाउन थालेका छन् । धुनुषाका साहिद रउनका साथीहरूले कहिल्यै हिउँ छोएका थिएनन् तर पहिलो पटक उनीहरूले कालिञ्चोक पुगेर हिउँ नजिकैबाट देख्दा अचम्मित भएका साहिद रउनले बताए ।

तीन हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोक यतिखेर तराई क्षेत्रबाट आउने आन्तरिक पर्यटकको चहलपहलको थलो बनेको छ । शितलहरको बर्सेनि अनुभव गरेका तराईवासी यतिखेर सेताम्मै हिउँको समेत अनुभव लिन थालेका छन् ।

अझ रोचक त कहिल्यै अग्ला पहाड र हिमाल नदेखेकाहरू कालिञ्चोक पुगेपछि अचम्भित हुने गरेका छन् ।
कालिञ्चोकमा केबुलकार निमार्णसँगै यो क्षेत्रमा आउनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा तराई क्षेत्रका आन्तरिक पर्यटकको पहिलो रोजाइसमेत कालिञ्चोक बन्दै गएको छ ।

प्रदेश २ बाट दुई सय किलो मिटरको दूरीमा रहेको कालिञ्चोकमा केबुलकार चढ्ने र हिउँ हेर्न आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा कालिञ्चोक क्षेत्रका होटलहरूको दिगो तथा व्यव‚िथतमा सरकारको ध्यान जानुपर्ने होलट व्यवसायीहरूको गुनासो रहेको छ ।

यो वर्षको पहिलो हिमपातसँगै पर्यटक बढ्न थालेपछि खुसी हुँदै होलट व्यवसायी यम पाख्रिनले भने, ंकरिब पाँच महिनाको कमाइले वर्ष धान्नु छ । गत साल त मङ्सिरमै हिउँ परेको थियो । पर्यटकको चहलपहल बढेको थियो । यसपालि ढिलै भए पनि अब राम्रा दिन आएज‚तो लागेको छ ।’

हिउँ नपरे पनि जाडो भने बढेकै थियो । व्यापार नहुँदा जाडोले दुब्लाएर ब‚नु परेको दुःखेसो सुनाउँदै अर्का होटल व्यवसायी टीकाबहादुर तमाङले भने, ‘चिया पिउने बेजोभन्दा अहिले केही थिएन । अब हिउँको सिजन आएको छ । केही हुन्छ कि ?’

कुरीका होटल व्यवसायीका लागि हिमपात सुदिनको सङकेत हुने गरेको खुसी व्यक्त गर्दै उनले भने, ‘हिउँ लगातार आयो भने पर्यटक ओइरिन्छन् । यो भेल छोपिएन भने वर्षभरिको खर्च कसरी जोहो गर्नु ?’ आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | १४ पुष २०७६, सोमबार ०९:१०