बैतेश्वर र तामाकोशीबासीमा अनुरोध – बुथ कब्जा गर्नेलाई होईन, मताधिकार दिलाउनेलाई मत दिनूस

विगत हरेक निर्वाचनमा आफ्नो मत दिन नपाएका दोलखा जिल्लाका हजारौ जनताले अबदेखि आफ्नो मताधिकार आफै प्रयोग गर्न पाउने भएका छन् । इतिहासका धेरै जसो निर्वाचनमा मत हाल्नबाट वञ्चित गरिदैं आएका दोलखाका मतदाताले अब भने न्याय पाउने भएका हुन ।
दोलखाका विशेष गरि प्रत्येक मतदाताले हरेक निर्वाचनमा यस्तै नियती भोग्नु परिरहेको थियो ।

यो पटको निर्वाचनमा बुथ कब्जाको बेथिति वैतेश्वर र तामाकोशी मात्र नभई शैलुङ, मेलुङ, गौरीशंकर र कालिन्चोकमा पनि देखापर्यो । निर्वाचन एक लोकतान्त्रिक अभ्यास हो । जनताले स्वच्छ वातावरणमा भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नैसर्गीक अधिकार हो । तर गुण्डागर्दी शैलीमा बुथ कब्जा हुँदा जनताले आफ्नो मत हाल्न पाएका थिएनन् । अब भने दोलखामा बुथ कब्जा गर्ने बेथिति सदाका लागि अन्त्य भएको छ ।

शिवाकोटी जुन सुकै पार्टीको उम्मेदवार भए पनि जनताको अधिकार खोस्ने र बुथ कब्जा गर्ने गलत परिपाटीलाई अन्त्य गर्न सफल हुनु भएको छ । त्यसैले बुथ कब्जा गर्नेलाई निरुत्साहीत गर्न र बुथ कब्जा गर्न सहयोग गर्नेलाई परास्त गर्दै समृद्ध दोलखा निर्माणको लागि बालकृष्ण शिवाकोटीलाई सूर्यमा मतदान गर्नुपर्ने आवश्यक छ ।

इमानको राजनीति गर्दै आउनु भएको बालकृष्ण शिवाकोटीले दोलखामा यो बेथितिलाई आंशिक भए पनि अन्त्य गरेरै छाड्नुभयो । निर्वाचनको क्रममा दोेलखाका दर्जनौ ठाउँमा बुथ कब्जा भइरहँदा शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गर्नुभयो र कानूनी लडाई लड्नुभयो । निर्वाचन कार्यालयले सो उजुरीलाई निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले एक जाँचबुझ समिति गठन गर्यो । समितिले जिल्लाका दर्जनौ ठाउँमा बुथ कब्जा भए पनि चार मतदान केन्द्रका १० बुथको मात्र निर्वाचन गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाइयो । प्रतिवेदनको आधारमा आयोगले दोलखामा बुथ कब्जा भएको ठाउँमध्ये १० वटा बुथमा पुनः निर्वाचन गर्ने निर्णय गर्यो । जसअनुसार भोलि बिहीबार पुन मतदान हुँदैछ ।

यो निकै सराहनीय र स्वागतयोग्य कदम हो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले जनता नै सर्वेसर्वा भएको बताउँदै निर्वाचन जित हार भन्दा पनि जनताले स्वतन्त्रपूर्वक आफ्नो मताअधिकार प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आउनु भएको थियो । आखिर न्यायको जित भएको छ भने दोलखामा बुथ कब्जा सदाका लागि अन्त्य भएको छ ।

तपाई जुनसुकै पार्टीमा आस्था राख्नुहोस तर यो बेथितिको विरुद्ध सघर्ष गर्ने र हाम्रो अधिकार सुनीश्चित गराएकोमा धन्यवाद स्वस्प मत दिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ ।

जिल्लामा कतिपयले विगतमा अरु पार्टी र नेताले बुथ कब्जा गरेको र यो पटक आफूले गरेको जस्ता गलत कुरालाई प्रश्रय दिने कार्य गरे । तर बालकृष्ण शिवाकोटी जो पहिलो पटक निर्वाचनमा सहभागि हुँदै गर्दा आफू पनि गलत काम नगर्ने र अरुलाई गर्न नदिने स्पष्ट अडानमा अडिढ भइरहनु भयो जसले दोलखाली जनताको लामो समयदेखि खोसिदैं आएको मताअधिकार सुरक्षीत भएको छ ।

हरेक निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मत हाल्न नपाएका वैतेश्वर र तामाकोसीबासीले शिवाकोटीको यो गुणलाई कदापी बिर्सनु हँदैन । शिवाकोटी जुन सुकै पार्टीको उम्मेदवार भए पनि जनताको अधिकार खोस्ने र बुथ कब्जा गर्ने गलत परिपाटीलाई अन्त्य गर्न सफल हुनु भएको छ । त्यसैले बुथ कब्जा गर्नेलाई निरुत्साहीत गर्न र बुथ कब्जा गर्न सहयोग गर्नेलाई परास्त गर्दै समृद्ध दोलखा निर्माणको लागि बालकृष्ण शिवाकोटीलाई सूर्यमा मतदान गर्नुपर्ने आवश्यक छ । तपाई जुनसुकै पार्टीमा आस्था राख्नुहोस तर यो बेथितिको विरुद्ध सघर्ष गर्ने र हाम्रो अधिकार सुनीश्चित गराएकोमा धन्यवाद स्वस्प मत दिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।


प्रकाशित | १४ मंसिर २०७९, बुधबार १३:२५