पाँचथरमा चट्याङ लागेर ७५ वर्षीया वृद्धाको ज्यान गयो

पाँचथर : जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो । प्रहरीका अनुसार चट्याङ लागेर भण्डारीको घटना स्थलमै ज्यान गएको हो ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:४८