ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु, उल्लंघन भए गोली हान्न आदेश

काठमाडौँ – ललितपुरमा आज कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिनुभयो ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी गरिएको हो ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार ०८:४९