उपत्यकामा १ हजार ९३४ सहित ३ हजार ७४९ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु

काठमाडौं : नेपालमा ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १६ हजार ५९८ जनाको पिसिआर परिक्षण गरिएकोमा ३ हजार ७४९ जना थपिएका हुन । योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार १६:४१