अबको एनआरएनए आइसिसी अध्यक्षमा यसकारण कुमार पन्त

शिव बन्जारा

गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनु भएका कुमार पन्त तिक्ष्ण बुद्धी,शालीन तथा आज्ञाकारी बाल व्यक्तित्व उहाँको असल परिचय थियो । अबसरको खोजिमा सपनाको सानो पोको बोकि सन् १९९७ तिर जर्मन छिरेर जिबन एक सँघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाईनमा जागिरे रूपमा आफ्नो प्रवासी जिबन यात्रा शुरू गर्नु भएको पन्तले आफ्ना ब्यक्तिगत जिबनलाई सहजतामा बदल्ने क्रममानै अब बिदेशमा रहेर मेरो ब्यक्तिगत पाटो मात्र होइन सामाजिक क्षेत्रमा पनि केहि गर्न आफ्नो भूमिका र दायित्व ठान्दै सन २००४ मा प्रवास र मातृभूमिलाई जोड्न गैर आवासिय नेपाली सँघ ल्च्ल्ब् को यात्रामा सहयात्री भई समाहित हुनु भयो ।

एन आर एन ए को यात्रामा पबित्र उद्धेश्य,सँस्था प्रति इमान्दार र मर्यादित हुदै यस सँस्थाको भौत्तिक बिकाश र सँस्थाको दायित्वलाई फराकिलो बनाउन अझै आफ्नो जिम्मेवार बढेको महशुष गर्दै सन् २००५ मा हिसान क्षेत्रको संयोजकमा आफ्नो जिम्मेवरी, सँस्थाले गरेको अपेक्षा भन्दा पनि अब्बलताका साथ पुरा गर्नु भयो ।

यसले एन आर एनको यात्रामा अझै जिम्मेवार र माथिल्लो तहमा रहेर काम गर्ने उर्जा थपि दियो । यसै अनुरुप सन २००९ मा एन आर एन ए अन्तराष्ट्रिय समन्वय परिषदमा रहेर काम गर्ने ईच्छा जागृत भयो र उहाँको यस सँस्थाको यात्रामा केन्द्रिय तहमा महत्वपूर्ण जिम्बेवारीका साथ सन २०११ मा यूरोप क्षेत्रको क्षेत्रिय संयोजकमा काम गर्ने महत्वपूर्ण जिम्बेवार प्राप्त भयो ।

आफ्नो अनुभवको आधारमा होटल ब्याबसायमा सफल प्रवासी नेपालीहरूको अर्को नयाँ अध्यायमा जर्मनको एक सफल व्यवसायीको अर्को अध्याय थप्न सफल पन्त महत्वपूर्ण पारिबारिक र व्यवसायिक समयलाई सामाजिक अभियानमा स्थान्तरण गरि सँस्थाले अपेक्षा गरेका उद्धेश्यहरूको प्रतिफल गुणात्मकनै रह्यो ।

यसले यात्राको दुरीहरू झनै फराकिलो र विशिष्ट बनाउदै सँस्थालाई परिष्कृत र यस अभियानलाई अझै उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निरन्तर रहिरह्यो । एन आर एन ए अन्तराष्ट्रिय समन्वय परिषदलाई एक प्रणालीमा चलाउने संयन्त्रको विकाशमा सुधार र संस्थाको दायित्वलाई अझै फरक र विशाल बनाउने उद्धेश्य अनुरूप सन २०१३ मा महासचिब जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ बर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो।

यस यात्राको अथक र अब्बल यात्रीको रूपमा आफूलाई बिश्वभर चिनाउन सफल हुनुभयो । यात्रा सगरमाथा र संस्थालाई त्यो उचाईमा सफलताको ईतिहास रच्ने अभिलाषाले सन २०१५(१७ मा आफूलाई उपाध्यक्षको पदमा उभ्याएर अध्यक्षले गर्नु पर्ने बिभिन्न महत्वपूर्ण काममा आफूलाई परिक्षकको रूपमा प्रस्तुत गर्नु भयो ।

संस्थाको विभिन्न अफ्टयारा परिक्षामा पास भैसकेर पनि संस्थाको मर्म,अग्रजहरूको सम्मान,प्रतिस्पर्धी साथीहरूको आकांक्षालाई मध्यनजर गरी अध्यक्षको प्रत्यासी रहदा रहदै त्यो पदिय दायित्व र जिम्मेवारको कुनै सेकेण्ड खेर नजाओस भन्ने गतिशिल सोंच बनाई बर्तमान अध्यक्षसँग कुनै राजनैतिक पूर्वाग्रह नराखी सहयात्री भवन भट्टलाई अध्यक्ष पदको लागि सहयोग गर्ने र अर्को कार्यकालमा आफुलाई सहयोग गर्ने गरि व्यक्तिगत सहमतिको आधारमा हाल उपाध्यक्षको पदमा दोहोर्याएर सम्पूर्ण हिसाबले सुसज्जित भई केन्द्रिय अध्यक्ष पदको लागि आफूलाई प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ ।

विश्वभर छरिएर रहेका लगभग ८० लाख नेपालीलाई व्यक्तिगत तथा सामुहिक लगानी मातृभूमि नेपालमा गर्नु पर्छ भन्ने मुल मन्त्र राखी नेपालमा पनि विभिन्न क्षेत्रका ब्यापार र उद्योगमा लगानी गर्नु भएको पन्त प्रबासी नेपालीहरूको भावना,श्रम,सिप र पुँजिलाई मातृभूमिसँग जोडेर स्थापना कालदेखिनै एन आर एन एले घोषणा गरेको समृद्ध नेपालको नारालाई सार्थक बनाउन यसै वर्ष नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १० अर्बको लगानी एन आर एन ए बाट संस्थागत रूपमा भित्र्याउने गरि भएको हस्ताक्षरमा पनि उनको ठूलो भूमिका रहेको छ ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेसी नागरिक्ता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकार सहितको दोहोरो नागरिक्ता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग यहाँको सँस्थागत पहल अतुलनिय रह्यो र फल स्वरूप विधान राष्ट्रिय सभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ ।

संस्था र विश्वभरबाट नेपाली समुदायको हितलाई शिरोपर गरि विश्वका ८५ भन्दा बढि राष्ट्रको प्रत्यक्ष भ्रमण गरि विभिन्न राष्ट्रहरूमा रहेका नेपालीहरूको विभिन्न विद्यामान समस्याहरूको न्यूनिकरण र समाधानको लागि गरिने प्रयासलाई सहज बनाउन हाल विश्वभर अन्तिम समय गठित एन आर एन एको राष्ट्रिय परिषद् माल्टा सहित ८०औ राष्ट्रमा आफ्नो सँजाल विस्तार गर्न पनि यहाँको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो ।

हो त्यसैले अब कुनै जात,धर्म,क्षेत्र,लिङ्ग तथा कुनै राजनैतीक ध्रुबको आधारमा नभै एक कर्मठ,शालीन,सक्षम,अनुभवि र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी अक्टोबरमा काठमाण्डौमा हुन गैरहेको ९ औ विश्व सम्मेलनबाट केन्द्रिय अध्यक्षको लागि निर्बिरोध रूपमा कुमार पन्तलाई निर्बाचित गराउन आवश्यक छ ।

यस्तै गरि बिगतमा शुरू भएको भिजन २०२० लगाएतका अन्य संस्थागत योजनाहरूको कार्यन्वयनको लागि पनि कर्मठ व्यक्तित्व कुमार पन्तज्यूको नेतृत्व अपरिहार्य छ । आदरणिय कुमार पन्तज्यूलाई अग्रिम बधाई र यहाँको कार्यकाल ऐतिहासिक बनोस शुभकामना !

लेखक बञ्जरा अष्टेलियामा  बस्दै आउनुभएको एक गैर आवासीय नेपाली हुनुहुन्छ ।


प्रकाशित | ६ भाद्र २०७६, शुक्रबार १८:३०