मुख्यमन्त्री पौडेलको सफल एनजिओप्लाष्ट

हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सफलरुपमा एनजिओप्लाष्ट  गरिएको छ । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको आईतबार एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिाएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा। अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपी जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाई छ


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार २०:१५