काठमाडौ उपत्यकामा २ हजार २८३ सहित ४ हजार ४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा २२ सय ८३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ८८८ ,ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमण देखिएको हो ।

आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | २६ आश्विन २०७७, सोमबार १६:२९