एनआरएनए यूकेले पाउँला त महिला नेतृत्व ? चुलीयो अध्यक्ष उम्मेदवार पुनम गुरुङको चर्चा

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) एनसिसीको अधिवेशन शूरु भएको छ । विशेष गरि एनआरएनए अमेरिकाले पहिलो अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व निर्वाचीत गरेको छ । सोमबार सम्पन्न मतपरिणाअनुसार एनआरएनए अमेरिकाको अध्यक्षमा सुनील साह निर्वाचीत हुनुभएको छ । त्यस्तै, विभिन्न एनसिसीहरुले पनि अधिवेशन आह्रवान गरिरहेका छन् । दुई वर्षमा एक पटक अनीवार्य नयाँ नेतृत्वको लागि अधिवेशन गर्नुपर्ने विधानअनुसार विभिन्न एनसिसीले निर्वाचन कार्यक्रम सावजनीक गरिरहेका हुन ।

त्यस्तै, एनआरएनमा निकै चासोको साथ हेरिएको अर्को एनसिसी यूकेले आगामी सेप्टेम्बर १४ मा नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने निर्णय गरिसकेको छ । यूकेमा निर्वाचनको मिती तय गरेसँगै विभिन्न ब्यक्तीहरुले उम्मेदवारी घोषणा गरिरहनु भएको छ । यसै सिलसिलामा महिला नेतृत्वको चर्चा चलीरहँदा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।  एनआरएनएको इतिहासमा महिला नेतृत्व कमै एनसिसीमा भइरहँदा यूकेमा भने महिलाहरु नै नेतृत्वको लागि अगाडि बढिरहनु भएको छ । पुनम सँगै उपाध्यक्ष सुशिला राईले पनि यसअघि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

विशेष गरि यतीखेर एनआरएन यूकेले महिला नेतृत्व किन नपाउने ? महिला नेतृत्वलाई किन अगाडि नबढाउने ? जस्ता बहस गरिन थालीएको छ । एनआरएनका जस्तै हङकङ, मकाउ र कोरिया एनसिसीमा महिला नेतृत्वले उदाहरणीय रुपमा एनसिसीलाई सञ्चालन गरिरहँदा एनआरएनएको इतीहासमा पहिलो पटक स्थापना भएको यूकेमा किन नेतृत्व हुन सक्दैनन ? जस्ता बहश पनि हुन थालेका छन ।

बेलायतमा यतीखेर पुनम गुरुङको चर्चा ह्वात्तै बढेको छ । बेलायतमा बस्ने जनजातीमा राम्रो पक्कट र साथ तथा समर्थन पाइरहनु भएको पुनमलाई आगामी अध्यक्षमा जिताउन भन्दै ठूलो संख्यामा विभिन्न संघसंस्थाहरुले अभियान नै शूरु गरेका छन् । अध्यक्षको उम्मेदवार एक स्वच्छ छवी भएको महिला नेतृत्व भएको र स्वतन्त्र ब्यक्ती पनि भएकाले सबैको साझा नेतृत्वको लागि पुनमको विकल्प नभएको तर्क पनि गरिन थालीएको छ । त्यसो त पुनम आफैमा कम बोल्ने र धेरै काम गर्ने स्वभावको हुनुहुन्छ । साथै नम्र स्वभावको गुरुङको त्यही स्वभावलाई बेलायतबासी नेपालीले रुचाएको सो अभियान सञ्चालन गर्नुभएको एक एनआरएन अभियन्ताले विश्व सन्देशलाई बताउनुभयो ।

बेलायतबासी नेपालीले असाध्यै रुचाइएको कारण पनि पुनमको चर्चा चुलिएको ती अभियन्ताको भनाई छ । यही चर्चाका कारण गुरुङलाई आगामी निर्वाचनमा बलियो उम्मेदवारीको रुपमा हेरिन थालीएको विश्लेषण भइरहेको छ । हाल गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्ष रहनु भएको गुरुङले वर्तमान कार्यकालमा निकै राम्रो काम गर्न सफल हुनुभएको धेरैको तर्क छ । पुनमको राम्रा गुणले गर्दा नै आगामी अध्यक्षमा बलियो उम्मेदवारीको रुपमा सबैले हेर्न गरेका छन् ।

पुनम वर्तमान कार्यकालमा उपाध्यक्ष भइरहँदा एनआरएनए यूके उपाध्यक्ष तथा संघसंस्थामा समन्वय विभाग संयोजकको जिम्मेवारीमा हुँदा महत्वपूर्ण योगदान पुरयाउनुभएको थियो । गुरुङले वर्तमान कार्यकालमा आफूलाई योग्य र सक्षम शावित गरेका कारण सबैको रोजाईमा पर्न सफल हुनुभएको देखिन्छ । आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएको गुरुङले पञ्जीकृत सदस्यता विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

प्रपटी रेष्टुरेन्टलगायत ब्यवसायमा आबद्ध रहनुभएको गुरुङ एक सफल महिला उद्यमी हुनुहुन्छ । उहाँ अध्ययनशिलतामा निकै रुची राख्नुहुन्छ । विशेष गरि बौद्धिक जगतमा आफूलाई योग्य शावित गर्न उहाँ सफल हुनुहुन्छ । कम बोल्ने र धेरै काममा विश्वास गर्ने स्वभावको गुरुङको यही शैलीलाई लिएर उहाँको योगदानलाई कदर गर्दै आगामी अध्यक्षमा बलियो उम्मेदवारको रुपमा हेरिएको हो ।

त्यस्तै, गैर आवासीय नेपाली नागरिकताको सवालमा उहाँको खरो अडान छ । विभिन्न सामाजिक संघसंस्थामा समेत निकै सक्रिय रहनु भएको गुरुङ तमु धि यूके आमा समूहको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले नेप्लिज बुमन्स एसोशियसन, बेजिङस्टोक नेपाली कम्युनिटी, बिसीजी यूके लगायतका कयौ संस्थामा काम गरिसकेको अनुभव छ । पुनमले अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत पाएर उपाध्यक्षमा निर्वाचीत हुनुभएको कारण उहाँको लोकप्रियता झनै बढिरहेको टिप्पणी समेत भइरहेका छन् ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १९:१०