हरेक एनसिसी कसरी सञ्चालन भइरहेका छन् भनेर अध्ययन गर्दैछौ : महेश श्रेष्ठ

आगामी साता सबै एनसिसीसँग छलफल हुँदै

काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) का कोषाध्यक्ष महेश श्रेष्ठले विश्वभरि रहेका हरेक एनसिसी कसरी सञ्चालन भइरहेको छन् भनेर अध्ययन भइरहेको बताउनुभएको छ ।

संघले सांगठनीक पुनर्सरचना गर्ने सवालमा पञ्जीकृत सदस्यता निशुल्क गर्ने प्रस्ताव अगाडि सारिरहँदा विश्वभरि रहेका हरेक एनसिसी कसरी सञ्चालन भइरहेका छन् भनेर अध्ययन गर्दै तथ्यांक संकलन गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

‘यस विषयमा अन्तिम निस्कर्षमा पुग्न हामी आगामी साता विश्वभरिका सबै एनसिसीसँग बसेर ब्यापक छलफल गर्दैछौ’, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हरेक एनसिसी कसरी सञ्चालन भइरहेका छन्, उनीहरुको आम्दानीको स्रोत के हो ? त्यो कहाँ कहाँ खर्च हुन्छ ? सदस्यता निशुल्क गर्दा अन्य वैकल्पिक स्रोत के हुन सक्छ ? चल्न सक्छ कि सक्दैन ? लगायतका विषयमा विस्तृृत रुपमा छलफल गरेपछि निस्कर्षमा पुग्नेछौ ।’

संघको आर्थिक स्थिति सुधार्न, आर्थिक पारदर्शीता र अनुशासयन कायम गर्न सफल कोषाध्यक्ष श्रेष्ठले सदस्यता निशुल्क गर्ने सवालमा एनसिसीको वास्तावीक आर्थिक तथ्यांक संकलन गर्न लागिपरिरहेको बताउनुभयो ।

सदस्यता निशुल्क गर्ने वा नगर्ने सवाल विशेष साधारणले निर्णय गर्ने तर अहिले एनसिसीको आर्थिक स्थिति बुझने सवालमा भने आफू लागिपरिरहेको उहाँले बताउनुभयो ।

कोषाध्यक्ष श्रेष्ठले सबै एनसिसीसँग आगामी साता हुन लागिरहेको सो छलफलबाट विस्तृत रुपमा आर्थिक स्थितिको बारेमा निस्कर्ष निकाल्न सकिने पनि बताउनुभयो । सो सम्बन्धमा सबै एनसिसीलाई परिपत्र गरिसकिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, कोषाध्यक्ष श्रेष्ठ सबै एनसिसीमा कडाईका साथ आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न पनि लागिपर्नुभएको छ ।


प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार ११:४७