गैर आवासीय नेपाली संघ इटालीको बार्षिक साधारण सभा सम्पन्न

रोम : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति इटालीको बार्षिक साधरण सभा सम्पन्न भएको छ । अनलाइन भर्चुअल रुपमा साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष देवराज गुरुङको सभापतित्वमा भएको साधारणसभामा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्ड स्थित नेपाली राजदुताबास बाट द्वितीय सचिब भुवन पौडेल रहनुभएको थियो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए यूरोप क्षेत्रीय संयोजक नारायण प्रसाद आचार्य र आई सी सी सदस्य दिपेश कुमार रेग्मीले उपस्थिति जनाउनु भएको थियो ।

त्यस्तै, अथितिको रुपमा नेपाली समाज रोमका अध्यक्ष र एनआरएनए इटलीका सल्लाहकार हरिभक्त काराखेती , नेपाली समाज पिसाका अध्यक्ष र एनआरएनए इटलीका सल्लाहकार बद्रि नारायण चौधरी, नेपाल मितेरी मंच मिलानको तर्फबाट सचिव निल गुरुङ, पार्मा कोलेकियो नेपाली परिवारको तर्फबाट एनआरएनए इटलीका सल्लाहकार ओमप्रकाश गुरुङ, भाल दि ओस्ताबाट केशब गुरुङले उपस्थिति जनाउनु भएको थियो । एनआरएनए इटालीका उपाध्यक्ष इन्द्र प्रसाद सुबेदीले स्वागत गर्नु भएको थियो ।

Image may contain: 9 people, including Narayan Acharya, Chhabi Lal Kandel and Dev Gurung, text

कार्यक्रममा नेपाली राजदुताबास स्विट्जरल्याण्डका द्वितीय सचिब भुवन पौडेलले इटाली भित्र रहेका सम्पूर्ण नेपालीहरुको समस्या समाधान गर्नको लागि इटली भित्र रहेका स्थानीय नेपाली समाज , एनआरएनए इटाली , नेपाली कोंसुलेट रोम लगायत सम्पूर्ण संघसस्थाहरु संघ सहकार्य गर्दै सबै समस्याहरुलाई गम्भीर रुपमा लिदै राजदुताबासको तर्फबाट आफुले हदैसम्मको प्रयास गर्ने बताउनुभयो ।

साधरण सभामा युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोना महामारीको बेलामा एनआरएनए इटालीले खेलेको भुमिका प्रति धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

Image may contain: ‎4 people, ‎including IP Subedi, ‎text that says '‎02:08:16 Bhavesh SinghItaly GS started recording NRNA NCC taly, Annual General Meeting Gurung Italy President 8日··… GN HAADE-nbsop/.Grea(ue) Geneva Guest) Embassy Nepal, UU Chhabilal Kandel 393471983174 393201541140 OG Om Gurung ھ A Ashok [P SUBEDI NG Nil Gurung (Guest) NL S BL HK‎'‎‎‎

साधारण सभामा उपस्थित नेपाली समाज रोमको तर्फबाट अध्यक्ष हरिभक्त कारखेतीले एनआरएनए इटालीले सबै स्थानीय नेपाली समाजहरुको अपनत्व ग्रहण गर्दै सबैलाई समेटेर लैजानु पर्ने बताउनु भयो ।

कार्यक्रममा पार्मा कोलेकियो नेपाली परिवारको तर्फबाट ओम प्रकाश गुरुङ, मितेरी मंच को तर्फबाट सचिब निल गुरुङ , नेपाली समाज पिसाका अधक्ष्य बद्रि नारायण चौधरी, भाल दि ओस्ता बाट केसब गुरुंगले एनआरएनए इटालीका रचनात्मक कामहरुलाई सधै सहयोग रहने बताउनुभएको थियो ।

Image may contain: 5 people, including Dev Gurung, text

संघको तर्फा बाट उपाध्यक्ष छबिलाल कंडेलले संघको बार्षिक गतिबिधि बारे बताउनु भएको थियो भने कोषाध्यक्ष अशोक उप्रेतीले बार्षिक आर्थिक प्रतिबेदन साथै महिला प्रतिनिधी भावा मल्लले महिला प्रतिबेदन पेश गर्नु भएको थियो ।

Image may contain: 5 people, including Narayan Acharya and IP Subedi, text

साधारण सभाको समापन गर्दै संघका अध्यक्ष देवराज गुरुङले उपस्थित सबैलाई धन्यवाद दिर्दै आगामी दिनमा सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । साथै उहाँले यो कोरोना महामारीको समयमा सबैलाई सुरक्षित रहनपनि आग्रह गर्नु भयो । कार्क्रमको संचालन संघका महासचिव भबेश कुमार सिंहले गर्नु भएको थियो ।


प्रकाशित | १३ आश्विन २०७७, मंगलवार २०:००