लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले चलायो ‘सर्च अभियान’: ११ जना प्रहरी नियन्त्रणमा

इलाम: लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले ‘सर्च अभियान’ चलाएको छ । अभियान’ को क्रममा जिल्ला प्रहरी कार्यालय इलामले ११ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागुऔषध प्रयोगकर्ता नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय इलामले तीन टोली परिचालन गरि उनीहरुलाई इलाम नगरपालिकाको विभिन्न क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुको परिचय खुलाएको छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०९:३५